फुल माला लगायर जेल बाट मुक्त भय ढुङगेल
सिन्धुलि १५: द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल अन्नतः रिहा भएका छन् । कर्तव्य ज्यान मुद्दामा डिल्लीबजारस्थित सदरखोर जेलमा रहेका ढुंगेल अाज (मंगलबार) बिहान फूलमालासहित निस्किएका हुन् । एघाराैँ गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रपतिले ८१६ जनाकाे बाँकी कैद भुक्तान मिनाहा गरी माफी दिएपछि साेही सुचीका अाधारमा ढुंगेल पनि छुटेका हुन् । ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै उनका समर्थक डिल्लीबजारस्थित कारागार पुगेर फुलमालाले सम्मान गरेका थिए ।
समर्थकलार्इ ढुंगेलले केहीबेर सम्बोधन समेत गरेका थिए । उनले गणतन्त्र ल्याउन अाफू लडेर याेगदान दिएकाे बताए । ढुंगेलकाे पछिल्लाे आचरण ठीक भएको भन्दै कारागार व्यवस्थापन विभागले कैद मिनाहाका लागि सिफारिस गरेकाे थियाे, साे सिफारिस अाइतबारकाे मन्त्रिपरिषद् बैठकले पारित गरी राष्ट्रपतिकहाँ पठाएकाे थियाे । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनकाे कैद मिनाहा पनि स्वीकृत गरेकी हुन् । सरकारले माफी दिए पनि ढुंगेललाई माफी नदिन माग गर्दै परेकाे रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ जारी छ ।
अदालतले सोमबार मात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति झिकाएकाे थियाे र थप सुनुवाइ अाज हुने बताइएकाे थियाे । अाेखलढुंगाका उज्जन श्रेष्ठकाे ०५५ मा भएकाे हत्या अभियाेगमा ढुंगेललाई ०६६ मा सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। उनी द्वन्द्वकालीन समयमै साढे सात वर्ष जेल बसेका थिए।


No comments