एसइइ परिक्षा फल असार काे पहिला अाउने
सिन्धुली १४:२०७४ साल चैत्रमा संचालित माध्यमिक शिक्षा परीक्षा (एसइइ कक्षा १०) को नतिजा यहि असार पहिलो साता सम्ममा प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय एक अधिकारीका अनुसार डाटा इन्ट्री र रुजु गर्नेलगायत कामहरु तिब्र गतिमा भैरहेको र असार पहिलो सातासम्म नतिजा प्रकाशन हुने बताइएको छ
। उनले भने “परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम रहेको छ त्यसैले पनि असारको पहिलो सातासम्म परीक्षाफल सार्वजनिक गर्नेगरी तिब्ररुपमा काम भैरहेको छ ।” तेस्रो पटक अक्षराङ्कन पद्दतिमा आधारित रहेर प्रकाशित हुन लागेको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि गराउन चाहाने परीक्षार्थीको लागि ग्रेडवृद्धि परीक्षाको समेत व्यवस्था छ ।
२०७४ साल चैत्र ८ गते देखि सुरु भएको एसइइ परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सम्मेलित भएका थिए । नतिजा कसरी हेर्ने ? नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ । ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.see.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाएर पनि आफ्नो नतिजा हेर्न सकि
काठमाडौं । विदेशबाट लामो समयदेखि नेपालमा सुन तस्करी गर्दै आएको अभियोग लागेका गोरे भनिने चूडामणि उप्रेतीले सुन तस्करीमा थप व्यक्ति पनि संलग्न रहेको बयान दिएको अधिकारीहरूले बताएका छन् ।
सुन तस्करीको छानबिनका लागि सरकारले गठन गरेको अनुसन्धान टोलीलाई उनले बयानका क्रममा थप नाम दिएको र त्यसबारेमा तथ्यगत विश्लेषण गरिने समितिका संयोजक ईश्वरराज पौडेलले बीबीसीलाई बताएका छन् ।
गोरेको बयानले हालसम्म सुन तस्करीमा भइरहेका अनुसन्धान सही दिशामा गएको पुष्टि भएको र थप अनुसन्धानलाई सहज बनाइदिएको उनको भनाइ छ । यद्यपि उनले अनुसन्धानका क्रममा रहेकाले अभियुक्त गोरेले दिएका थप नामहरू सार्वजनिक गर्न चाहेनन् ।
पौडेलले भने, “कुन आधारमा ती मानिसको नाम लिइएको छ, त्यसको विभिन्न कोणबाट विश्लेषण गर्छौँ। त्यसपछि थप प्रमाण जुटेमा उनीहरुलाई पनि बयानका लागि ल्याउँछौँ ।”
खोजबिन
पछिल्लो पल्ट चर्चित बनेको साढे ३३ केजी सुनको तस्करीको घटनाबाट सुरु भएको अनुसन्धान झन्डै तीन हजार आठ सय केजी सुनको तस्करीसम्म पुगेको र थप फरारलाई समात्न संयन्त्र परिचालन गरिएको छानबिन समितिले जनाएको छ ।
पछिल्लो पल्ट चर्चित बनेको साढे ३३ केजी सुनको तस्करीको घटनाबाट सुरु भएको अनुसन्धान झन्डै तीन हजार आठ सय केजी सुनको तस्करीसम्म पुगेको र थप फरारलाई समात्न संयन्त्र परिचालन गरिएको छानबिन समितिले जनाएको छ ।
मन्त्रिपरिषद्ले छानबिनको लागि जेठ मसान्तसम्मको थप समय दिएको उक्त समितिले तोकिएको समयमै काम सक्ने गरि अनुसन्धान भइरहेको जनाएको छ । सङ्गठित रूपमा सुनको अवैध चोरीनिकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा सात बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा चलिरहेको छ ।


No comments