सिन्धुली काे खुरकाेट मा बेवारिसे युबतिकाे शव भेटियाे
सिन्धुली ११:गोलन्जोर गाउँपालीका ७ सुनकोसीको किनारमा आज एक युवतिको वेवारीसे शव फेला परेको हो । आज विहान ११ बजेर ५० मिनेटमा घटनाको बारेमा प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।
घटनाको प्रकृति हेर्दा युवतीलाई ढुङ्गाले टाउकोमा हिर्काइ निर्मम तवरले हत्या गरि फालेको थियो । अन्दाजी २२,२३ बर्षिय युवतीको शव भेटिपनि नाम, ठेगाना खुल्न नसकेको उहाँले बताउनुभयो । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानकाे लागि शव लाई अाज
नै पोष्टमार्टमका लागि सिन्धुलीमाडीमा रहेको शव गृहमा ल्याईएको छ । प्रहरी ले घटनाको अनुसन्धान थाली सके काे जनाएको छ । घटना स्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट ५ सय मिटर काे हाराहारी मा पर्छ ।


No comments