डिभी परेपछि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने एक पक्राउ
सिन्धुली फागुन ७:
अमेरिका जान नक्कली शैक्षिक प्रमाण पत्र बुझाउने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनका निखिल पराजुली रहेका छन्। पराजुलीलाई अमेरिकाले लिँदै आएको 'डाइभर्रसिटी' भिषा (डिभी) परेको र अमेरिका जान अमेरिकन दूतावासमा नक्कली शैक्षिक प्रमाण पत्र बुझाएको पाइएपछि उनी पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ। पराजुलीलाई महाशाखाको टोलीको मंलबार महाराजगंजबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले जानकारी दिए।



No comments