ईमानदारी ट्याक्सी चालकले नगद र बहुमुल्य बस्नु भेटेर सम्धीत लाई बुझाए
सिन्धुली फागुन ८:
एक जना ट्याक्सी चालक जसले आफ्नो ट्याक्सीमा छुटेको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सम्बन्धित धनीलाई बुझाएका छन् । धरान उपमहानगरपालिका १९ चौकीबारी घर भई हाल भीमसेनगोला बस्ने ३८ वर्षीय ट्याक्सी चालक सिमल राईले उक्त रकम बारबारको धनमाल सम्बन्धित व्यक्तिलाई बुझाएका हुन् ।काठमाडौँ थापागाउँ बस्ने गुल्मी बाझकटेरी ३ घर भएकी २८ वर्षीया यात्रु वसन्ता भुषालको धनमाल राईको ट्याक्सीमा छुटेको थियो ।
उक्त धनमाल महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ल्याई बुझाएका हुन् । बुधवार बिहान साढे ४ बजे अनामनगरबाट नैकाप जाने क्रममा बा.२.ज. २२७९ नम्बरको राईको ट्याक्सीमा भुषालको सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिँजडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औँठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थान छुटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चालक राईले बुझाएको नगद र गरगहना प्रहरीले प्रहरीले सम्बन्धित सामान धनीकी बहिनी २४ वर्षीया सोनिया भुसाललाई हस्तान्तरण गरेको छ ।



No comments