प्रीयंका काे मट्टीमाला चलचित्र काे अाईटम गित सार्बजनिक
सिन्धुली १४: पौरखी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र मट्टिमालाको आईटम गीत बेचिदिन्थे यो जवानी किन्न मान्छे भईदिए.. सार्वजनिक गरिएको छ । यो गीत रिलिजसँगै ट्रेन्डिङमा पनि पर्न सफल भएको छ । प्रियंका कार्कीको हट डान्स रहेको गीतमा बबिना किराती र बिक्रम राईको आवाज छ ।
सुमन राईको संगीत रहेको गीतमा शब्द रचना जानु काम्बाङ लिङ्देनको छ । आमोस तामाङले एरेन्ज गरेको गीतमा कोरियोग्राफि कविराज गहतराजले गरेका छन् । चलचित्र मट्टिमाला जेठ २५ गते रिलिजको तयारीमा छ । टेके पौरखी राईको डेब्यू निर्देशन रहेको चलचित्रका निर्माता पृथ्वी राई हुन् । चलचित्रलाई अनिल कुमार महर्जनले सम्पादन गरेका छन् । चलचित्रमा बुद्धि तामाङ, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।


No comments