मुख्य समाचार

स्पाईनल इन्जुरी ले पायकाे पाँच हजार भत्ता कटौती गरेपछि पिडितहरू अान्दोलित

सिन्धुली : सरकारले स्पाइनल कर्ड इन्जुरी भएकाहरुलाई यसअघिको सरकारले दिँदै आएको जीविकोपार्जन भत्ता काट्ने अहिलेको सरकारको विरोधमा पीडितहरुले माइतीघर मण्डलामा घेराउ गरेका छन् । माइतीघर मण्डलामा भेला भएर उनीहरुले आफूहरुको उचित व्यवस्था गर्न माग गरेका छन् । स्पाइनल कर्ड इन्जुरी संघर्ष समितिका संयोजक बाबुराम मिश्रले आफूहरुले पाउँदै आएको भत्ता काटेर सरकारले आफूहरुको झन् ठूलो अपमान गरेको बताए

। शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल पुस १३ गते स्पाइनल कर्ड इन्जुरी भएकाहरुलाई जीविकोपार्जन भत्ता भन्दै सरकारले जनही पाँच हजार रुपैयाँ भत्ता दिँदै आएको थियो । वर्तमान सरकारले नीति तथा कार्यक्रममा समेत उक्त कार्यक्रम नल्याएको भन्दै पीडितहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रीय अध्यक्ष भोजराज श्रेष्ठले बताए ।

यो आन्दोलनमा विभिन्न नागरिक समाज, मानवअधिकारकर्मी लगायतको ऐक्यवद्धता रहेको थियो । माइतीघर मण्डलामा बिहान ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा सयौंको संख्यामा भेला भएका थिए ।

No comments