मृग लाई गाेलि हान्दा मानिस लाई लागि एक काे मृत्यु
सिन्धुली १३:मृग भनेर हानेको गोली लागेर धर्मदेवी नगरपालिका १, तेल्लोकमा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार २७ वर्षीय योगेन्द्र पौडेलको शनिबार घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय चकेन्द्र अधिकारीले नजिकै जंगलमा आएको मृगलाई गोली हान्ने क्रममा पौडेललाई लागेको थियो । उनीहरू ३ जनाको समूहमा सिकार खेल्न गएका थिए । घटनालगत्तै गोली प्रहार गर्ने अधिकारीलाई मुडे प्रहरी चौकीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए ।


No comments