कैलाली मा गाेलि हानि पैसा लुटने दुई लुटेरा पक्राउ
सिन्धुली १३: कैलालीको धनगढीमा गोली प्रहार गरेर रकम लुट्ने दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरिबहादुर वलीले उनीहरुलाई कैलालीको अत्तरियाबाट पक्राउ गरेको पुष्टि गरे । उनले नाम भने खुलाउन चाहेनन् । उनीहरुको साथबाट ९ लाख रकम पनि बरामद भएको उनले बताए ।
कैलालीको धनगढीमा आज बिहान बैंकबाट पैसा निकालेर जाँदै गर्दा ग्लोबल आईएमई बैंकमा कार्यरत निर्मल कार्कीमाथि लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए । लुटेराको समूहले ९ लाख रकम पनि लगेर फरार भएको थियो । गोली प्रहारबाट घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ ।


No comments