अब मापासे गरेर गाडि चलाय जेल चलान
सिन्धुली असार १७गते :
यसअघि मापसे गरेर सवारी चलाउनेहरुका लागि एक हजार रुपैयाँ जरिवाना, लाइसेन्समा प्वाल र ट्राफिक जनचेतनाबारे कक्षा लिनुपर्ने नियम रहेको थियो । तर, अब मापसे गरेर सवारी चलाउनेहरु हिरासतमा समेत बस्नुपर्ने भएको छ । मापसे जाँचमा नियमको छिद्र प्रयोग गरेर लाइसेन्स प्वाल पार्नबाट बच्नेहरु बढेपछि महाशाखाले यसमा थप कढाई गरेको हो ।
मापसे जाँचमा पर्दा ब्लुबुक मात्र प्रस्तुत गर्ने र लाइसेन्स नभएको बाहाना गर्ने र पछि ब्लुबुक धनी आएर अर्को व्यक्तिले आफ्नो सवारी चलाएको र ती व्यक्ति सम्पर्कविहीन बनेको भन्दै जरिवानामात्र तिरेर उन्मुक्ति पाउने क्रम बढेको पाइएपछि मापसेमा थप कढाई गर्न परेको महाशाखाले जनाएको छ ।
शुक्रबारबाट लागु भएको नयाँ नियम अनुसार अब मापसे गरेका सवारी चालकले जाँचका क्रममा लाइसेन्स प्रस्तुत गर्न नसके एक रात हिरासतमा बस्नुपर्नेछ । यद्यपि, ती चालकले परिवारको सदस्यलाई बोलाए सोही रात उनलाई परिवारको जिम्मामा छाडिनेछ । यसरी छाडिँदा भोलि बिहान आठ बजेभित्र सम्बन्धित ट्राफिक कार्यालयमा उपस्थित हुने गरी कागज गराइनेछ । त्यसपछि उनलाई बग्गी खानामा लगेर कक्षा लिन लगाई जरिवाना तिराएर छाडिनेछ ।
यसरी आफूले मापसे गर्दा परिवारले अन्यासमै पनि सास्ती भोग्नुपर्ने भएपछि चालकले मापसे गरेर सवारी चलाउने दरमा कमी आउने विश्वास महाशाखाले लिएको छ । शुक्रबारदेखि लागु भएको यो नियममा पहिलो दिन चार जना र दोस्रो दिन ६ जना कारवाहीमा परिसकेका छन् । मापसे जाँच लागु गरिए पनि जरिवाना र कारवाही कम हुँदा पछिल्लो समय मापसे गर्नेहरुको संख्यामा सोचेअनुसार कमी आउन सकेको छैन । २०६६ साल श्रावण २१ गते मापसे गरेर सवारी चलाउँदा भएको दुर्घटना । यस घटनामा ५ जनाको मृत्यु भएको थियो । यसका लागि जरिवाना थप गर्ने विषयमा पनि महाशाखामा छलफल शुरु भएको छ ।
क्यानाडा, दक्षिण अफ्रिका, चीनजस्ता देशहरुमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरुलाई लाखौँ रुपैयाँको जरिवाना तथा कम्तीमा दुई वर्ष जेल बस्नुपर्ने प्रावधन रहेका छन् । अझ जापानमामा त मापसे गरेका सवारी चालकसँग बस्नेलाई पनि लाखौँ रुपैयाँ जरिवाना गरिन्छ भने लाइसेन्स समेत निलम्बन गरिन्छ । ‘नेपालमा भने जति पटक मापसे गरेर सवारी चलाए पनि त्यही १ हजार रुपैयाँ जरिवाना मात्र रहेको छ,’ ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुले भने, ‘मानिसहरुलाई त्यो एक हजार रुपैयाँ जरिवाना केही पनि नलाग्ने जस्तो भइसकेको छ ।
हामीले एक जना मानिसले १६ पटकसम्म मापसे गरेर कारवाहीमा परेको पाएका छौँ ।’ उनले मापसे गर्ने सवारी चालकहरुमाथि थप कारवाही हुनुपर्ने बताए । ‘मापसे गरेर सवारी चलाउनेहरुमाथि कम्तिमा ५ हजार रुपैयाँ जरिवाना र गल्ती दोहोराए सिमित समय लाइसेन्स निलम्बनको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘यसो भयो भने उनीहरु पनि सुरक्षित रहन्छन्, अरु पनि सुरक्षित रहनेछन् ।’


No comments