मरिण प्रकृतिक स्रोत ब्यव स्थापन क्याम्प बन्द
सिन्धुली असार ३१:
मरिण गाँउपालिकामा रहेको मरिण प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस अनिश्चितकालका लागि बन्द भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु विभन्न माग राख्दै आन्दोलीत भए पछि क्याम्पसको पठनपाठन बन्द भएको हो ।
विद्यार्थीहरुद्धारा जारी प्रेस विज्ञप्तीमा नीजि सम्बन्धनका प्रकृयाका बारेमा गरेको सहमती तोडेर फेरी माफियाकरण निजी क्याम्पसहरुलाई विश्व विद्यालयका पदाधिकारीहरुले सम्बन्धन दिएको भन्दै शैक्षिक क्षेत्रमा भएको विकृती र शैक्षिक माफियाकरणका विरुद्ध आन्दोदीत हुनु परेको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिभएको छ, ‘कृषि तथा वन विश्व विद्यालय रामपुर, चितवनले गरेको निन्दनीय काम प्रति हामी घोर भत्र्सना गदछौँ ।’ अहिले सञ्चालनमा रहेका आंगीक क्याम्पसहरुको गुणस्तर सुधार, पुर्वाधार निर्माण र आवश्यक कर्मचारी तथा शैक्षिक नियुक्तिसमेत गर्न नसकेको अवस्थामा अरु ८ वटा आंगिक क्याम्पसलाई सम्बन्धन दिनु कुनै पनि हालमा जायज विषय नभएको विज्ञप्तीमा भनिएको छ ।
कृषि विषयको अध्ययन गरिरहेका विद्यार्थीहरुको भविश्य माथि माफियाकरण, भ्रष्टाचार र व्यवसायीकिरणले नकरात्मक प्रभाव परेको विद्यार्थीहरुको भनाई छ । विद्यार्थीको चाहना विपरित गई यसअघिको सहमतीलाई व्यवास्था गरिनु कृषि तथा वन विश्व विद्यालयको गैरजीम्मेवारी काम भएको भन्दै विद्यार्थीहरु चुप लागेर नबस्ने बताएका छन् ।
अनिश्चितकालिन क्याम्पस बन्दको आवहन गरेका विद्यार्थीहरुले यतासक्य छिटो मागको सुनुवाई गर्न विज्ञप्ती मार्फत ध्यानाकर्षण गर्दछौँ विज्ञप्तीमा उल्लेख गरिएको छ ।


No comments