मुख्य समाचार

क्राेएशिया लाई ४-२ले हराउँदै फ्रान्स बिश्व कप विजेता


सिन्धुली असार ३१:
क्रोएशियालाई ४–२ ले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ । मारिया माड्जुकीले १८ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेलमा फ्रान्सले सुरुवाती अग्रता लिएको थियो ।
क्रोएशियाबाट इभान पेरिसिकले २८ औं बराबरी गोल फर्काएका थिए । तर डिबक्समा उनैले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा फ्रान्सले फेरि अग्रता लियो । फ्रान्सबाट एन्टोनियो ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गरे । दोस्रो हाफमा फ्रान्सले थप दुई गोल ग¥यो ।
५९ मिनेटमा पाउल पोग्बाले फ्रान्सलाई ३–१ को स्थितीमा पु¥याए । ६५ औं मिनेटमा कालियन एमबाप्पेले गोल थप्दा फ्रान्स ४–१ ले अघि थियो । रोमान्चक खेलको ६९ औं मिनेटमा मारियो माड्जुकीले गोल फर्काउँदै क्रोएशियालाई ४–२ को स्थितीमा ल्याए ।

No comments