पेस्ताेल सहित डन चक्रे मिलन का समूह काे राेशन सुब्बा पक्राउ
सिन्धुली असार ३२:
- विभिन्न अपराधिक क्रियाकलापमा संलग्न डन चक्रे मिलन समुहका लागि काम गर्ने ललितपुरका रोशन सुब्बालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सुब्बालाई उनकै घर खुमलटारबाट पक्राउ गरेको हो ।
उनको साथबाट २ वटा पेस्तोलसहित ५६ राउण्ड गोली बरामद भएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले जनाएका छन् । यसअघि आइतबार पनि प्रहरीले जर्मन पेस्तोल बिक्री गर्न हिँडेका ३ जनालाई ललितपुरको नख्खिबोटबाटै पक्राउ गरेको थियो
। आइतबार ताप्लेजुङ घर भई ललितपुर नखीपोट बस्ने ३६ वर्षका हेमराज पौडेल, रामेछाप घर भई नखीपोट बस्ने ३० वर्षका अंशुराम मोक्तान र रामेछाप घर भई काठमाडौं घट्टेकुलो बस्ने २४ वर्षका कृष्णबहादुर जोगी पक्राउ परेका थिए ।


No comments