छक्क पन्जा तिनकाे गित सार्बजनिक
सिन्धुली साउन १५:
सर्वाधिक सफल भई रेकर्ड राखेको चलचित्र ‘छक्का पन्जा’को तेश्रो सिक्वेलको गीत ‘पहिलो नम्बरमा’ रिलीज भएको छ । छक्का पन्जा नेपाली चलचित्रकै इतिहासमा नाम लेखाउन सफल चलचित्र हो । कुनै नायक या नायिका मुख्य पात्र नभई हाँस्य कलाकारको समुहले अभिनय र निर्माण गरेको चलचित्रले पनि नेपाली दर्शकको मन जित्न निकै सफल हुँदोरहेछ भन्ने ‘वडा नं ६’ , ‘छक्का पन्जा’ र ‘छक्का पन्जा २’ ले सावित गरिसकेका छन् ।
‘वडा नं ६’ को “सुर्के थैली” र ‘छक्का पन्जा’ को “पुर्व पश्चिम रेल” नामक गीतलाई नेपाली दर्शकले त्यो समय अत्यन्त रुचाएका थिए । ‘छक्का पन्जा २’ को गीत भने यि गीत सरह हिट हुन सकेन । तर पनि हरेक वर्ष जसो आफ्नो चलचित्र हेर्न दर्शकलाई हलसम्म पुग्न बाध्य बनाउने ‘छक्का पन्जा’ टिमको “पहिलो नम्बरमा”गीत भने छोटो समयमा नै निकै मनपराइएको छ ।
सोमबार सार्वजनिक गरिएको उक्त गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् । निकै रमाइलो बनेको यो गीतमा दीपकराज गिरी, दिपाश्री निरौला, दीपिका प्रसाईं ,प्रियंका कार्की, सुमन गिरी भान्जा, स्वस्तिमा खड्का, जितु नेपाल , बुद्धि तामांग, केदार घिमिरे, बर्षा राउत र संजोग कोइराला को नृत्य देख्न सकिन्छ ।
डेविड शंकर र बिन्दु परियारले गाएको यस गीतमा शब्द भने राजेन्द्र थापाको छ । दशैँमा रिलीज हुने यो चलचित्र र या गीतले कत्तिको तहल्का मच्चाउला त्यो भने हेर्न बाँकी नै छ ।


No comments