मुख्य समाचार

हास्य कलाकार दमन रूपाखेति काे४३अाै जन्म दिन रेडियो अडियो मा मनाय


सिन्धुली असार २७:
हाँस्य कलाकार दमन रुपाखेतीले असार २७ गते ४३ औँ जन्म दिन मनाएका छन् । व्रिकम सम्बत २०३२ सालमा तत्कालिन थानकोटको महादेवस्थान गाविस वडा नम्बर ५ मा आजकै दिन जन्मेका रुपाखेतीले रेडियोअडियोमा आफ्नो ४३ औं जन्मदिन मनाएका हुन् ।
 दमनले व्रिकम सम्बत २०४५ सालमा बाल कलाकारको रुपमा कलाकारिताको शुरुवात गरेका हुन् । त्यसपछि उनले विक्रम सम्बत २०४९ सालमा दिनेश डिसीको ‘ट्वाक्क टुक्क’मा काम गर्ने अवसर पाए । ‘ट्वाक्क टुक्क’मा आएपछि उनको भेट भयो कलाकार जितु नेपालसँग ।  ‘ट्वाक्क टुक्क’मा काम गर्दा गर्दै उनीहरुले एक पटक दाजु–भाई भन्ने चुट्कीलामा काम गरे । यो चुट्कीलामा काम गरेपछि उनीहरुलाई दर्शकले पनि साच्चिकै दाजु–भाईको रुपमा हेर्न थाले । त्यसपछि उनीहरुले रेडियो नाटक र स्टेजमा एकसाथ काम गर्न थाले ।
केही वर्ष यो जोडी जम्यो । तर पछि केही कारण उनीहरुले आ–आफ्नो तरिकाले काम गर्न थाले । दुई वर्ष अघि मात्रै उनीहरुले स्टेज सेयर गरेका थिए । तर त्यसलाई उनीहरुले निरन्तरता भने दिन सकेनन् । तर उनीहरुको व्यक्तिगत सम्बन्ध भने कायमै छ । पछिल्लो समय दमन रुपाखेती सानो पर्दासँगै ठूलो पर्दामा पनि व्यस्त छन् । केही समय अघि मात्रै सिनेमा गोलको छायाकंन सकेर आएका उनी यतिबेला ल्याङल्याङको छायाकंनको तयारीमा जुटेका छन्

No comments