विपि राजमार्गमा साउन एक गते बाट ठूला सवारी चलाउन पाउने
सिन्धुली साउन १:
सिन्धुली, १ साउन । विपि राजमार्गमा आज बाट ठुला सवारी साधन समेत सञ्चालनमा आउने भएका छन् । सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश रद्ध गर्दै मन्त्रि परिषदको निर्णयलाई कार्यान्वयन गर्न आदेश दिए पछि सवारी सञ्चालनमा आउने भएका हुन् ।
आज राती ९ बजे यस अघि मन्त्रि परिषदले गरेको निर्णय बमोजिम मापदण्ड भित्र पर्ने सवारी साधनलाई सञ्चालन गर्न दिईने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताउनुभयो । विभागत तथा मन्त्रालयबाट पत्र पाप्त नभएपनि सर्बोच्चले गरेको निर्णयका आधारमा सवारी सञ्चालन हुने उहाँको भनाई छ , न्यायधिश द्धय इश्वरप्रसाद खतिवडा र मिरामैय खड्काको संयुक्त इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै अधिबक्ता कैलाशराज दाहालले दायर गरेको रिट असार ३१ गते खारेज गर्दै सर्वोच्चले मन्त्रि परिषदको निर्णलाई नै सदर गरेपछि आज बाट सवारी साधन सञ्चालनमा आएका हुन् ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागले वीपी राजमार्गमा चक्काका आधार ४ हजार २ सय एमएम भएको र ३२ सिट क्षमताको सबारी साधनलाई बिहान ५ बजेदेखि राती ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको थियो । साथै राती ९ बजेदेखि बिहान ५ बजेसम्म प्रति एक्सलभार १० दशमलव २ टन नबढ्ने गरी मालबाहक सवारी साधन सञ्चालन गर्न अनुमति दिईएको थियो ।


No comments