मुख्य समाचार

आफ्नै काका बाट ६बर्षीया भतिजि बलात्कृत

सिन्धुली साउन १०:
सप्तरीको कञ्चनरुपमा काकाबाट एक बालिका बलतकृत भएकी छन् । आफ्नै काकाले ६ वर्षीया बालिकालाई बलात्कार गरेको खुलासा भएको छ काकाले खानेकुरा दिने, डरत्रास देखाउने गरेर धेरै पटक बलात्कार गरिसकेको बालिकाले बताइन्।
बालिकाले आफ्नो आमालाई आफू काकाबाट बारम्बार बलात्कृत भएको बताएकी हुन् । घरमा कोहि नभएको बेला बालिकालाई बलात्कार गर्ने गरेको स्रोतले जनाएको छ। पीडित बालिकाका बुवाले छोरीको हेरचाहाको साथै पढाइका लागि भाइलाई आफैसंग राखेका थिए।
इलाका प्रहरी कार्यालयको अनुसार पीडितको स्वास्थ्य परीक्षण धरानस्थित  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  भइरहेको  छ । आरोपित फरार भएका छन्।

No comments