मुख्य समाचार

रामेछाप मा पेट्रोल काे अभाव

सिन्धुली भदौ १३:

मन्थली बजारमा पेट्रोलको अभाब भएको छ । बजारमा रहेको एक मात्र निलकठ्ेश्वर आयल स्र्टोसले नियमित रुपमा पेट्रोलको व्यवस्था गर्न नसकेका कारण बजारमा पेट्रोलको हाहाकार भएको हो । पेट्रोलपम्पले पटक पटक पेट्रोल ल्याउँदा बिच बाटोमै बिक्री गर्ने गरेको कारण जिल्लामा पेट्रोलको अभाव हुने गरेको गुनासो यसअघि पनि हुँदै आएको थियो । बजारमा पेट्रोलको हाहाकारलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनले समेत कुनै चासो देखाएको छैन् ।

जसका कारण बजारका अधिकासं पसलहरुमा मीनरल वाटरको बोतलमा राखेर अबैद्य रुपमा पेट्रोल बेच्नेहरुको संख्या बढेको छ । यसरी अबैद्य रुपमा पेट्रोल बिक्री गर्नेहरुमा किनारा पसल, कपडा पसल, कस्मेटीक पसल, मासु पसल, खाद्यान्न पसल र दाना पसल समेत पेट्रोल बिक्री वितरण हुँदै आएको छ । बजारमा पेट्रोलको अभाव भएपछि त्यसको पुर्र्तीको लागि व्यापारीहरुले ड्रममा पेट्रोल ल्याएर मीनरल वाटरको बोतलमा राखेर बिक्री गर्दा सर्वसाधारणले अत्यन्त महङ्गो मूल्यमा पेट्रोल खरिद गर्न बाध्य भएका छन् । पेट्रोल पम्पले अभाव पूरा गर्न नसकेको र स्थानीय प्रशासनले त्यसको नियमित अनुगमन नगरेकै कारण दिनहुँ उपभोक्ताहरु ठगिने क्रम वढेको पेट्रोल उपभोक्ताहरुले गुनासो गरेका छन् । उनीहरुले पसलेहरुसँग १ सय ३० देखि १ सय ५० रुपैयाँसम्म प्रतिलिटर पेट्रोल खरिद गर्दै आएका छन् ।

बजारमा पेट्रोलको अभाव भएपछि सर्वसाधारणहरु महङ्गो मूल्यबाट बच्नको लागि छिमेकी जिल्लाहरु दोलखा र सिन्धुलीको खुर्कोटसम्म पुग्ने गरेका छन्, भने बाह्य बजारसम्म पुग्न पहुँच नहुनेहरुले भने महङ्गो मूल्य तिरेर मीनरल वाटरको पेट्रोल खरिद गर्न वाध्य भएका छन् । यस बारेमा बजारमा गुनासो आएपछि केही हप्ता अघि जिल्ला प्रशासन कार्यालयले वजारमा छापा मारी ४ सय लिटर अबैद्य पेट्रोल बरामद गरेको थियो ।

जुन पेट्रोल अहिले पनि प्रहरीकै नियन्त्रणमा रहेको छ । पेट्रोलको अभाबका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासँग सम्र्पक गर्दा उनले पनि पेट्रोलको अभाब भएको कुरालाई स्वीकारे । आजै पेट्रोल पम्पवालालाई बोलाएर पेट्रोल ढुवानीको अवस्था र पेट्रोलको परिणाम सँगै बजारमा पेट्रोलको अभाव हुनुको कारण वारे स्पष्टिकरण लिएर तत्काल समस्याको समाधान गर्ने बताए ।

No comments