मुख्य समाचार

अाज माेदि लगायत तीन राष्ट्र प्रमुख अाउने सम्मेलनअाज बाट शुरू


सिन्धुली भदौ १४:

बिम्स्टेक चौथो सिखर सम्मेलनका लागि अाज नेपाल आउन लागेका भारतीय नरेन्द्र मोदीले पशुपतिनाथ परिसरमा बनेको नेपाल-भारत मैत्री धर्मशालाको उद्घाटन गर्नुहुने भएको छ । प्रधानमन्त्री मोदी भारतीय सेनाको विशेष विमानमार्फत बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल अवतरण गर्नुहुनेछ ।


आफ्नो नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि प्रतीक्षारत रहेको उल्लेख गर्नुभएको छ । बिम्स्टेक सम्मेलनका अलावा नेपाल भारत द्वीपक्षीय वार्ताका क्रममा अहिलेसम्म प्राप्त उपलब्धीबारे समीक्षा हुने पनि मोदीले ट्वीट गर्नुभएको छ ।


मोदी र नेपाली प्रधानमन्त्री केपी ओलीले पशुपतिनाथ परिसरमा बनेको धर्मशाला उदघाटन गर्नेछन् । मोदीको आगमन हुने समयभन्दा १५ मिनेट अगावै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण बन्द हुने जानकारी प्राप्त भएको छ। विमानस्थल कार्यालयका अनुसार बिहीबार बिहान ८ बजेर १५ मिनेटदेखि सबै उडान बन्द गरिने छ ।


यसैगरी ९ बजेर १५ मिनेटमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना विमान बंगलामार्फत काठमाडौं आइपुग्ने कार्यक्रम छ भने थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान वचा बिहान १० बजेर १५ मिनेटमा काठमाडौं आइपुग्ने छन् । बिम्स्टेक चौथो सिखर सम्मेलन अाजबाट काठमाडाैँमा सुरू हुँदैछ ।

No comments