मुख्य समाचार

बिरगंज मा विहान गाेलि प्रहार

भारत पूर्वीचम्पारणका मदनप्रसाद साहलाई लक्षित गरेर आज बिहान वीरगञ्जमा गोली चलाएको छ । वीरगञ्ज महानगरपालिकामा  वडानम्बर २ भन्सार रोडमा उनिमाथि लक्षित गरी अज्ञात समुहद्वारा चार राउण्ड गोली प्रहार भएको हो ।
सिन्धुली असाेज १३र मदनप्रसाद साह भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी सत्यनारायण थापाले बताएका छन् । थापाका अनुसार शनिवार बिहान करिव दुई बजेतिर गोली चलेको थियो । कोठामा एक्लै सुतिरहेका बेला साहमाथि अज्ञात व्यक्तिले ढोकाको चरबाट हात छिराएर गोली हानेका थिए । 

स्थाइ घर भारतको पूर्वीचम्पारण भएका साह कोइला सम्बन्धी काम गर्ने नबल इन्टरप्राइजेज वीरगञ्जका म्यानेजर हुन् । गोली हान्ने समुहको खोजि र घटनाबारे अनुसन्धान थालिएको डिएसपी थापाले जानकारी दिएका छन् । घटनास्थल भारतीय सीमा क्षेत्रभन्दा ५० मिटर वर भएकाले गोली हान्ने व्यक्ति भारततर्फ नै भागेको अनुमान गरिएको छ ।

No comments