२०७५/५/२०गते भदौ काे तपाईंको राशिफल हेर्नुस्
मेष
(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : गलत लेखाई अथवा गलत बुझाइले आफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने भए पनि बढिनै उत्साहित हुन खोन्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि नाफा कमाउन बढिनै समय खर्चनु पर्नेछ । माया प्रेममा मनमुटाब सिर्जना हुने भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।
वृष
(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) : कुटुम्ब तथा बोली भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्ब सँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बालीको माध्ययमबाट राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।
मिथुन
(का,की,कू,घ,ङ,छ,के,को,हा) : अध्ययन तथा अध्यापनमा मन जाने छैन भने स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हातलागी हुनेछ।
कर्कट
(ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन्न सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरामाईलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।
सिंह
(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । इच्छा आकाङ्क्षा पुरा गर्न सकिनेछ ।
कन्या
(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ । जानकारीको अभावले कामहरू बिग्रनेछ भने आलोचनाको सिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यवसायमा मन्दी आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजाँदा हरभन्दा पछि परिनेछ ।
तुला
(रा,री,रु,रे,रो,ता,ती,तू,ते) : भाग्य तथा समयले साथ दिने हुँदा आँटेको तथा ताकेको काम सजिँदै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जतनको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागि दिन राम्रो रहेको छ । शिक्षा तथा धार्मिक क्षेत्र सँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।
वृश्चिक
(तो,ना,नी,नू,ने,नो,या,यी,यु) : स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरू प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले ऊर्जा तथा आत्मविश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा नै हात हाल्दा व्यावसायिक रूपमा घाटा लाग्नेछ । धन सम्पत्ति तथा पैतृक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्न घट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।
धनु
(ये,यो,भा,भी,भू,ध,फा,डा,भे) : लामो दुरीको रमाइलो व्यावसायिक यात्रा हुने भए खर्चिलो हुनेछ । माया प्रेम तथा जीवन साथी सँग आत्मीयताको कमी हुनेछ भने एक्लो पनको महसुस हुनेछ । साझेदारी व्यवसायमा अविश्वास सिर्जना हुनेछ भने आजको दिन व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेको छ । पढाई लेखाइमा थोरै बढी समय खर्चिए भनेजस्तो नतिजा हात पार्न सकिनेछ । विलासी बस्तुको प्रयोग गर्न पाइने योग रहेको छ ।
मकर
(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : नाफा मूलक व्यवसायमा खासै फाइदा नभए पनि सेवामूलक कामबाट नाम कमाउन सकिनेछ । अध्ययनमा समय दिन नसक्दा अरूभन्दा पति परिनेछ । माया प्रेममा नजिक भए पनि विवाद हुने योग रहेको छ । मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । आफन्त तथा साथभाईहरु सँग विवाद बढ्नेछ । शत्रुहरू लाग्नेछन् भने न्यायिक निर्णयहरू तपाईँको विपक्षमा फैसला हुनेछन् ।
कुम्भ
(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरू खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ ।
मीन
(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमा सँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढिनै सङ्घर्ष गर्नु पर्नेछ । आफन्त तथा इष्टमित्र सँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।


No comments