असाेज १४काे तपाईंको राशिफल हेर्नुस्
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)- व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुँनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)- अध्ययन तथा अध्यापनमा मन जाने छैन भने स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)- सामान्य स्वास्थ्य सम्बन्धि समस्या बाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमि आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउँनाले व्याबहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)- कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । खनिज पदार्थ तथा पानि सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानि हुनेछ । शिक्षा तथा बैक सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानि हुनेछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)- चुनौतिहरुलाई किनारा लगाउँदै कामहरु बनाउँन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यावसाय फस्टाएरु जाने तथा व्याबसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथिभाईहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)- धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानि र खर्चको सन्तुलन मिलाएर व्यावसाय गर्न सक्दा थप लगानि गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)- स्वास्थ्यमा समस्या आउँने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनी सँग मनमुटाब बढ्नेछ भने समय अनुशार अपडेट नहुँदा अरुभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानि नगर्नुनै राम्रो रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)- कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउँने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेकोछ भने व्यापारको शिलशिलामा गरिने यात्रा निअर्थक हुनेछ । सवारी साधन तथा बिलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)- व्यापार व्यावसायमा लगानि बढाएर प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुँनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)- व्यावसाय तथा काम गर्ने बाताबरण बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा सन्तानबाट तपाईको काममा बिशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरि नाम तथा दाम कमाउँन सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)- माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमा सँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन्।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)- छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ । सामाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापहरु सफलता पुर्वक सम्पन्न हुँनेछन् । दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ ।


No comments