मुख्य समाचार

गाेरखा मा तिज काे दिन रन्दा ले हानेर श्रीमती काे हत्या

सिन्धुली भदौ २९:

बारपाक सुलीकोट गाउँपालिका ४ रन्चोकमा एक युवाले रन्दा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बुधबार तीजको दिनमा ३७ बर्षका टेकबहादुर विकले ३३ बर्षकी श्रीमती कुमारी विकलाई पछाडिबाट रन्दाले टाउकोमा हानेर हत्या गरेको वडाअध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिए । ‘कुमारी बुंगुरलाई दाना तयार गरिरहेकी थिइन् ।

त्यही बेलामा थाहा नदिइकन पछाडिबाट आएर उसले रन्दाले टाउकोमा र घाँटीमा हानेछ’ वडाअध्यक्ष गुरुङले भने, ‘गाउँलेले थाहा पाएर हत्तपत्त मेडिकलतिर लाँदा झोलुंगेको वनमा पु¥याउँदा त मरिसकेकी थिइन् ।’ मृतकको बिहीबार जौबारी प्राथमिक स्वास्थ्यकेन्द्रमा पोष्टमार्टम गरी साँझ दाहसंस्कार गरिएको उनले बताए ।

श्रीमतीको हत्या गरेको आरोपमा जौबारी इलाका प्रहरी कार्यालयका प्रहरीले विकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । विकविरुद्ध शुक्रबार दिँउसो कर्तव्य ज्यान मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउने प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

No comments