मुख्य समाचार

साफ फुटबल मा नेपाल ले भुटान लाई ४-० ले हरायाे


सिन्धुली भदौ २१:

साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह 'ए' को दोस्रो खेल नेपालले भुटानलाई ४-० ले हराएकाे छ । नेपालले खेलको पहिलाे हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्दै जित हासिल गरेकाे हाे ।

सुनील बलको कर्नरमा अनन्त तामाङले २१ औं मिनेटमा गोल गरेका थिए भने ७० औं मिनेटमा सुनील बलले गोल गरेका थिए। यस्तै सब्सिच्युट खेलाडी भरत खवासले ७९ औं र निराजन खड्काले ८८ औं मिनेटमा गोल गरे। कप्तान विराज महर्जन दाेस्राे हाफमा मैदान प्रवेश गर्दै नेपालका लागि सर्वाधिक ६९ अाै‌ खेलमा सहभागिता जनाए।

नेपालले पहिलो खेल पाकिस्तानसँग २-१ ले हारेको थियो। अाजै हुने समूहकाे अर्को खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन्।

No comments