मुख्य समाचार

गुन्डा नाईके बाघे पक्राउ


सिन्धुली भदौ २१:

गुण्डा नाईके शुकबहादुर तामाङ ‘बाघे’ पक्राउ परेका छन् । रकम असुली र धाक धम्की दिएको अभियोगमा बाघेलाई बालाजुबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले जानकारी दिएका छन् ।

ठुलो भर्याङमा इँट्टा, बालुवा तथा रोडा डिपोसमेत सञ्चालन गर्दै आएका ‘बाघे’ लामो समयदेखि गुण्डागर्दीमा संलग्न छन् । पटक–पटक पक्राउ पर्दै छुट्दै आएका बाघेमाथि सार्वजनिक अपराध मुद्धामा म्याद लिएर अनुसन्धान गरिने एसएसपी लामाले बताएका छन् ।


तत्कालीन एसएसपी छविलाल जोशी काठमाडौं प्रहरी प्रमुख रहँदा यसअघि ‘बाघे’ २०७४ बैशाख १० गते पक्राउ परेका थिए । पछिल्लो समय आफुलाई समाजसेवी बताउने ‘बाघे’ ले बालाजु एरियालाई आफ्नो गुण्डागर्दीको अखडानै बनाएको सुरक्षा अधिकारीहरु बताउँछन् ।

२०६३/६४ मा महानगरीय प्रहरी वृत्त स्वयम्भूका तत्कालिन इन्सपेक्टर सुरेन्द्र मैनालीले ‘चालचलन राम्रो छ’ भन्ने पुलिस रिपोर्ट दिएर गुण्डा नाईके ‘बाघे’ लाई समाजसेवी बन्ने बाटो खोलिदिएका थिए ।

No comments