मुख्य समाचार

नातिनि बलात्कार गर्ने हजुरबुबा पक्राउ


सिन्धुली असाेज १५:

आफ्नै नानितीलाई बलात्कार गरेको अभियोगमा दाङको लमहीमा एक वृद्ध पक्राउ परेका छन्। लमही निवासी ६२ बर्षीय खलिराम चौधरीलाई लमही प्रहरीले आइतबार राती पक्राउ गरेको हो।

आइतबार साँझ आफ्नै घरमा १२ वर्षीय नातिनीलाई बलात्कार गरेको उजुरीका अधारमा उनलाई पक्राउ गरेको लमहीस्थित प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीमगरले जनाकारी दिए।

अभियुक्तले प्रहरीसमक्ष वलात्कारको अभियोग स्वीकार गरिसकेका छन्। ‘घटनाको बारे थप अनुसन्धान भइरहेको छ,’ घर्तीले भने। पीडित वालिकाको स्वास्थ परिक्षण भएसकेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

No comments