मुख्य समाचार

गुन्डा नाईके समिरमानसिंह बस्नेत लाई नख्खु जेल बाट मुस्ताङ जेल सारियाे


सिन्धुली असाेज १५:
नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतलाई नख्खु कारागार ब्लक ए बाट रातारात मुस्ताङ कारागार पठाईएको छ। गतवर्ष असोज २३ गते व्यवसायी गौचनको हत्या भएको थियो भने केन्द्रिय अनुसन्धान व्युरोले बस्नेतलाई मंसिर १६ गते पक्राउ गरेको थियो।



कारागार स्रोतका अनुसार चालचलन शंकास्पद देखिएकोले बस्नेतलाई मुस्ताङ पठाईएको हो। सोमबार बिहान सवा १० बजेको बुद्ध एयरको जहाजबाट बस्नेतलाई पोखरा ल्याईएको थियो। हत्कडी लगाएको उनको हात खैरो रङको ज्याकेटले छोपिएको थियो भने विमानमा बस्नेतसँग नेपाल प्रहरी पनि साथमै आएका थिए। पोखरा विमानस्थलबाट उनलाई पोखरा–बेनी–कोराला सडकमार्गबाट मुस्ताङ लगिएको छ। उनलाई मुस्ताङसम्म नै कास्की प्रहरीले सुरक्षा दिने जिम्मा लिएको छ। 


‘काठमाण्डौले दिन नसकेको सुरक्षा मुस्ताङले कसरी देला, केही सम्बन्ध नै नभएको ठाउँमा किन सरुवा गरियो, चालचलन शंकास्पद देखिए गोलघर सार्नुपर्नेमा हिमालपारि किन पुर्याईयो?' कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाका अनुसार कास्की प्रहरीले बस्नेतलाई मुस्ताङ पुराएर मात्र फर्कनेछन्। सुरक्षाको जिम्मा पाएको कास्की प्रहरीले पनि घटनाबारे (मुस्ताङ लैजानेबारे) सोमबार बिहानमात्रै थाहा पाएको थियो।

No comments