मुख्य समाचार

घटनास्थापना काे साइत कति खेर छ हेर्नुस् कसरी राख्ने विधि

सिन्धुली असाेज २३:

महान पर्व बडादशैंको उल्लास सुरु भइसकेको छ । यस वर्षको असोज २४ बाट नौरथा अर्थात नवरात्रि शुरु हुँदैछ । नौरथामा नौ दिनसम्म दूर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दू धर्माबलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् ।

यसपालि नवरात्रमा घटस्थापना एवं अखण्ड ज्योति प्रज्ज्वलनको शुभ मुहुर्त कहिले छ त ?

बिहान सवा ६ बजेदेखि सवा नौ बजेसम्म बिहान पौने ११ देखि सवा १२ बजेसम्म बेलुका पौने पाँचदेखि सवा ६ बजेसम्म कलश स्थापना कसरी गर्ने ? पूजास्थलमा माटोको वेदी बनाएर त्यसमा जौँ, गहुँ छर्नुहोस् ।

फेरि त्यसमा कलश राख्नुहोस् । त्यसमाथि दूर्गा भवानीको मूर्ति प्रतिष्ठा गर्नुहोस् । मूर्ति यदि माटो वा कागजको छ भने विचार पुर्याएर नबिग्रने गरी राख्नुहोस् वा कलशमा स्वस्तिकको चिह्न बनाएर दूर्गा भवानीको चित्र र शालीग्राम विराजमान गरेर भगवान विष्णुको पूजा गर्नुहोस् । दूर्गासम्पशतीको पाठ गर्नुहोस् नवरात्रको आरम्भमा स्वस्तिक वाचन शान्तिपाठ गरेर संकल्प लिनुहोस् र प्रथम पुज्य भगवान श्रीगणेशको पूजा गरेर मातृका, लोकपाल, नवग्रह वा वरुणको विधिअनुसार पूजा गर्नुहोस् ।

उत्तर वा पूर्व दिशातिर फर्किएर पूजा गर्नुहोस् । यसपछि मुख्य मूर्तीको षोडशोपचार पूजा गर्नुहोस् । दुर्गा देवीको आराधना अनुष्ठानमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा मार्कण्डेय पुराण अन्र्तगत निहित श्री दुर्गा सप्तशतीको पाठ नौ दिनसम्म गर्नुहोस् । यी कुरामा विचार गर्नुहोस् यस क्रममा सम्भव भएसम्म अखण्ड दीप बाल्नुहोस् । यदि बत्ति घिउमा बाल्नुभएको छ भने त्यसलाई दुर्गाको मूर्तिको दाँयातर्फ राख्नुहोस् र यदि बत्ती तेलको बाल्नुभएको छ भने त्यसलाई मूर्तिको बाँयातर्फ राख्नुहोस् । अरुको सहयोगका लागि आफुले पढिसकेपछि सेयर गर्न नभुल्नुहोला ।

No comments