नागरिक दैनिक काे काे शुक्रबार साप्ताहिक पत्रिका ले अश्लील फाेटाे छापेको भन्दै पत्रिका जलायाे
सिन्धुली असाेज १६गते
नेपालमा दिन प्रतिदिन महिला हिंसाका घटना सार्वजनिक भइरहेकै बेला आमसञ्चार माध्यमले हिंसा नियन्त्रण गर्नुको साटो अश्लीलता झल्काउने साम्रगी प्रकाशन गरेको भन्दै शनिबार पोखरामा विद्यार्थी संगठनले पत्रिका जलाएका छन् ।
अखिल क्रान्तिकारी विद्यार्थी संगठन प्रदेश ४ ले नागरिक राष्ट्रिय दैनिकको साप्ताहिक परिशिष्टांक शुक्रबार साप्ताहिक जलाएर विरोध प्रर्दशन गरेको हो । उक्त पत्रिकाको मिडपेज ब्लोअपमा गायिका तथा मोडल लक्ष्मी आचार्यको नग्न बिम्ब झल्किने कुकुर सहितको तस्बिर प्रकाशित छ ।
समाचार प्रकाशन गर्ने आमसञ्चारका साधनहरुले महिलाहरुलाई बिकाउ वस्तुको रुपमा चित्रित गराइरहेको संगठनको आरोप छ । ‘अश्लीलता सार्वजनिक गर्न आमसञ्चारका माध्यमहरु नै बढी सक्रिय छन्,’ संगठनका प्रदेश संयोजक क्षितिज सापकोटाले भने, ‘समाजमा भईरहेका बलात्कार, हत्या हिंसा प्रति जवाफदेही हुनुपर्ने सञ्चारमाध्यम नै अश्लीलता बेच्न उद्दत भएपछि जिम्मेवार को हुने ?’ उनको प्रश्न छ ।
सञ्चार माध्यमलाई जिम्मेवार र जवाफदेही बनाउन सांकेतिक रुपमा विद्यार्थी संगठनले शुक्रबार साप्ताहिक जलाएको सापकोटाको भनाई छ ।


No comments