मुख्य समाचार

जबर्जस्ती करणी काे मुद्दा लागेका सिन्धुली का टुल्कु लामा अदालत बाट सफाई पाए


सिन्धुली असाेज १६ :

काठमाडौं जिल्ला अदालतले स्वघोषित अवतारी लामा रिम्पोर्छे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामालाई जवरजस्ती करणी मुद्धामा सफाई दिएको छ । न्यायधीश मुकेश उपाध्यायको एकल इजलासले सिन्धुली कुशेश्वर दुम्जा–९ का लामालाई जबरजस्ती मुद्धामा ठोस प्रमाण नपुगेको भन्दै सफाई दिएको हो ।


सोही इजलासका नायब सुब्बा पुर्ण निरौँलाले लामालाई सोमबार न्यायधीश उपाध्यायको इजलासले जबरजस्ती करणी मुद्धामा सफाई दिएको बताउनुभयो । ‘आज (सोमबार) को इजलासले लामालाई जबरजस्ती करणी मुद्धामा सफाई दिए छ,’ उहाँले भन्नुभयो–‘ जवरजस्ती करणी मुद्धामा सफाई पाएपनि लामालाई विद्युतीय कारोबार मुद्धामा भने कारबाहीको फैसला सुनाइएको छ ।

’ लामालाई उपाध्ययको इजलासले विद्युतीय कारोबार मुद्धामा दोषी ठहर गर्दै ५० हजार जरिवाना, वरामद सामाग्री जफत र पीडितलाई १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भर्न आदेश सुनाएको अधिवक्ता बासुदेव शर्माले बताउनुभयो । उहाँका अनुसार इजलासले विद्युतीय कारोबार मुद्धामा लामालाई सहयोग गर्ने मनिसा लामालाई पनि दोषी ठहर गर्दै २० हजार जरिवाना सुनाएको खबर अाजकाे नेपाल समाचारपत्रमा छ।

स्वघोषित लामाकै आग्रहमा मनिसाले पीडितको अश्लिल चित्रित सामाग्री गुम्बाको नाममा खोलेको फेसबुक पेज र अकाउन्टमा राखेकी थिइन । इजलासले लामा र मनिसाले प्रयोग गर्ने मोबाईल फोन समेत जफत गर्ने फैसला सुनाएको छ ।

इजलासको यस्तो आदेशसँगै लामा ११ महिनापछि अदालती प्रकृया सम्पन्न गरेर छिट्टै थुनामुक्त हुने अधिवक्ता शर्माले बताउनुभयो । लामाको पक्षमा अधिवक्ता शर्मा सहित वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले बहस गर्नुभएको थियो ।

महिलाहरुलाई धर्मको आडमा डर त्रास देखाई ९ वर्षदेखि यौनशोषण गर्दै आएको विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गत बर्षको मंसिर ५ गते गुम्बाबाटै पक्राउ गरी जबरजस्तीकरणी र विद्युतीय कारोबार मुद्धामा कारवाहीकालागि अदालतमा पेश गरेको थियो ।

No comments