काभ्रे मा विद्यार्थी बलात्कार गरेकाे अाराेप मा शिक्षक पक्राउ
सिन्धुली असाेज २४:
बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानस्थित कालिका माविका शिक्षक ३१ वर्षीय गणेश पहरीमाथि दुई छात्रालाई यौन शोषण गरेको आरोप लागेको छ । आफूले पढाउने दुई छात्रालाई यौन शोषण गरेको अभियोगमा पहरी पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना बालिकालाई शिक्षक पहरीले एक वर्षदेखि बलात्कार गर्दै आएका अभिभावकले बताएका छन् ।
पीडित बालिकाका अभिभावकको उजुरीको आधारमा प्रहरीले पहरीलाई पक्राउ गरेको हो । जिल्ला अदालत काभ्रेबाट सात दिनको म्याद थपेर उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनालाई गुपचुप राख्न खोजेको आरोप बालिकाका अभिभावकले लगाएका छन् । पहरी पक्राउपछि अदालतबाट म्याद थप भएको तीन दिनपछि मात्रै घटना सार्वजनिक भएको हो ।
पहरीमाथि अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज खड्काले जानकारी दिए । ‘पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउँछौँ,’ एसपी खड्काले भने । प्रहरीले बालिकालाई केही महिनादेखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा पटक–पटक बलात्कार गर्दै आएका अभिभावकको आरोप छ ।


No comments