मुख्य समाचार

काठमाडौंमा राहत शिक्षक काे बिराेध प्रदर्शन

सिन्धुली असाेज २२:

राहत शिक्षकहरुले स्वतहः स्थायीगर्न मागगर्दै काठमाडौंमा सरकारविरुद्ध प्रर्दशन गरेका छन । देशभरका राहत शिक्षकहरुले आईतबार काठमाडौंमा भेलाभई स्वतः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन ।

काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रर्दशन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए । नेपाल राहत शिक्षक केन्द्रिय समितिको आह्वानमा आयोजित विरोध प्रर्दशनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकार विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका थिए ।

विगत १५ वर्षदेखि राज्यको सेवा समर्पित भएका राहत शिक्षकहरु अब राज्यले आफ्नो भविश्य नै बर्वाद पार्न लागेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

No comments