मुख्य समाचार

अाज बाट राष्ट्रिय परिचयपत्र वितरण गरिदै


सिन्धुली मङ्सिर ३:

संघीय सरकारले अाजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेकाे छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागअन्तर्गत पाँचथरबाट परिचयपत्र वितरण सुरु गरिन लागेकाे हाे ।

गृहमन्त्री रामबहादुर थापाले सोमबार फिदिममा आयोजना हुने राष्ट्रिय कार्यक्रममा १०२ वर्षीया भगवतीदेवी भण्डारीलाई परिचयपत्र दिने अनि आफ्नो परिचयपत्र भण्डारीकै हातबाट ग्रहण गर्दै कार्यक्रम शुभारम्भ गर्नेछन् ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कार्यक्रममा गृहमन्त्री, गृहसचिवसहित १ नम्बर प्रदेश प्रमुख, आर्थिक मामिला तथा योजनामन्त्रीलगायतको उपस्थिति रहनेछ । हालसम्म पाँचथरका ५२ हजार सर्वसाधारणसहित सिंहदरबारका ३५ सय कर्मचारीको विवरण परिचयपत्रका लागि संकलन भइसकेको छ।

No comments