यसै बर्षसिन्धुली काे सुनकोसी माेरिण ड्राइभर्सन सिचाइ अायाेजना हुने
सिन्धुली मङ्सिर ३:
उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका लागि यही वर्षदेखि प्रक्रिया सुरु गर्ने बताएका छन् । सिन्धुलस्थित आयोजना स्थलको सोमबार निरीक्षण गर्दै पुनले यसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने बताए ।
‘४ महिनाभित्र आयोजनाको विस्तृत सर्वेक्षण प्रतिवेदन बनिसक्छ,’उनले भने,‘यसै वर्ष आयोजना निर्माणको प्रक्रिया सुरु हुन्छ ।’ सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाबाट दुई नम्बर प्रदेशको १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाई हुनुका साथै ४२ दशमलब ५ मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको विद्युत गृह बनाउन ५२ अर्ब ८८ करोड र सिंचाइतर्फ ३२ अर्ब लागत अनुमान गरिएको छ ।
आयोजना ५ वर्षमा सम्पन्न हुने प्रारम्भिक अनुमान छ । मन्त्री पुनले आयोजना निर्माणको लागि स्रोत जुटाउन सरकार लागि परेको बताए । ‘यो बहुउद्देश्यिय परियोजना हो, निर्माणको लागि तयारी अवस्थामा रहेकोले यो परियोजना सरकारको प्राथमिकतामा छ,’ उनले भने,‘राष्ट्रिय एकता निर्माण गर्न यो आयोजना महत्वपूर्ण हुन्छ ।’ आयोजनाका प्रमुख सुशील आचार्यले परियोजनाबाट दुई नम्बर प्रदेशलाई सिंचाइबाहेक खानेपानी समेत उपलव्ध हुने बताए ।


No comments