मुख्य समाचार

ठमेल काे डान्स बार बाट बालबालिका उदार तीन सञ्चालन पक्राउ

सिन्धुली कात्तिक २९:

महानगरीय प्रहरी वृत्त, लैनचौरले ‘अपरेशन रेस्क्यू अन्डर एज’ मार्फत ३५ जना बालबालिकालाई उद्दार गरेको छ । नयाँ बालबालिका ऐन लागू भएपछि सो व्यवस्था अनुरुप पहिलो पटक ३ जना डान्स बार सञ्चालकलाई समेत पक्राउ गरिएको छ ।


लैनचौरस्थित युनिक र बेबो डान्स बार एण्ड लाउन्जका ३ जना सञ्चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको हो । वृत्तका प्रमुख डीएसपी गौतम केसीका अनुसार ती बालबालिकालाई बारमा डान्सर, कामदार र यौनजन्य क्रियाकलापमा प्रयोग गरिएको भेटिएको थियो ।


‘काठमाडौं प्रहरी परिसरमार्फत बालबालिकाको उद्दार गर्ने अभियान नै हामीले चलाएका छौं’, केसि ‘अभियानलाई तीब्रता दिँदै जान्छौं ।’ उनले काठमाडौंका अन्य क्षेत्रमा पनि यो अभियान सञ्चालन भइरहेको जानकारी दिए ।

No comments