मुख्य समाचार

इन्डियन आर्मी लाई हराउदै नेपाल काे मनाङ मस्र्याङ्दी क्लब ले गभर्नर कप काे उपाधि जित्यो


सिन्धुली कात्तिक १७:

मनाङ मर्स्याङ्दी क्लबले सिक्किममा जारी गभर्नर्स गोल्डकपको उपाधि जितेको छ । सिक्किममा शनिबार भएको फाइनलमा इन्डियन आर्मीमाथि १–० को जित निकाल्दै मनाङले उपाधि जितेको हो ।


सिक्किमको पल्जोर रंगशालामा भएको फाइनलमा ८१औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोलनै निर्णायक भएको थियो । उनले पेनाल्टी मार्फत गोल गरेका थिए । सोही गोलको अग्रता अन्त्यसम्म जोगाए पछि मनाङले ३८औं गोल्डकपको उपाधि जित्न सफल भएको हो ।


मनाङ यसअघि २ पटक यस गोल्डकपको फाइनलमा पुगे पनि उपधि भने जित्न सकेको थिएन् । मनाङले २०१३ र २०१४ को फाइनल खेलेको थियो । यस पटक नेपालबाट मनाङ र विभागीय क्लब एपीएफ गभर्नर्स गोल्डकप खेल्न गएका थिए । 

No comments