तिहारमा अनारसा कसरी बनाउने विधि सहित घरमै बनाउनु हाेस
सिन्धुली कात्तिक १९:
नेपालीहरुको पहलिो महान पर्व दशैं सकिएसँगै देशभर तिहारको रौनक देखिन थालेको छ। तिहार नजिकिएसँगै बत्ति पसल र कपडा पसलमा आम उपभोक्ताको भिड लाग्न थालेको छ।
तिहारको परिचय नै झिलिमीली बत्ति, सयपत्री, मखमली फूल, भार्इ टीकासँगै तिहारको परिचय सेलरोटी र अनरसा सँग पनि जोडिँदै आएको छ। तिहारका लागि मिठो र स्वादिष्ठ सेलरोटी बनाउने सजिलो तरिका सेलरोटी अनरस नेपाली धर्म संस्कार अनुसार नै प्राय बन्ने विशेष परिकार हो। पूजा आजा, विवाह, ब्रतबन्ध आदिमा सेल रोटी र अनरसा पाक्ने गरेको भएपनि तिहारमा भने अनारसा र सेलरोटीलाई विशेष रुपमा लिने गरेको पाईन्छ।
अनारसा बनाउन आवश्यक सामग्री
चामलको पीठो, चिनी, घ्यु
बनाउने विधि :
चामलको पीठोमा चिनी राख्ने । चिनी राख्दा पीठोको आधा भाग राख्नुपर्छ । जस्तै एक केजी पिठोमा आधा केजी चिनी त्यसपछि थोरै कागतीको रस राखेर त्यसलाई राम्रोसंग मुछ्नुपर्छ । अब त्यसलाई थिच्ने र केही घण्टा यत्तिकै छोड्नुपर्छ । त्यसपछि हातमा घ्यु लगाउंदै मिच्दै गर्नुपर्छ । अब त्यसलाई रोटीको आकार दिंदै तिल राख्नुपर्छ । एउटा भाँडोमा घ्यु तताउने । तील लगाएको भाग माथी पर्ने गरि एकतिर मात्र पकाउने । एकातिरमात्रै पकाउने हुनाले यसलाई राम्रोसँग पाक्नेगरी बनाउनु पर्छ।


No comments