धरान चतरा सिन्धुली राजमार्ग प्रभावित स्थानीय ले क्षतिपूर्ति काे लागि अदालत मा रित दर्ता
सिन्धुली मङ्सिर ६:
धरान–चतरा सडक आयोजना प्रभावित स्थानीयको अदालतमा रिट दर्ता विहिबार पनि जारी रहेको छ । आफुहरुलाई जग्गाको मुआव्जा र संरचनाको क्षतिपूर्ति उपलव्ध हुनुपर्ने भन्दै बुधबार अदालतमा रित दर्ता गराएका थिए । रिट निवेदकहरुको दस्तखत सनाखतको काम विहिबार पनि जारी रहेको छ ।
बुधबार ९० जनाको दस्तखत सनाखत भएको र बाँकीको विहिबार भईरहेको सरोकार समितिका सचिव कृष्णप्रसाद दाहालले बताए । धरान–चतरा–गाईघाट–कटारी–सिुन्धुली–हेटौँडा सडक आयोजनाले सडकको १५–१५ मिटरभित्र पर्ने घर टहराको क्षतिपूर्तिका लागि वडा कार्यालयलाई विवरण तयार गर्न सूचना पठाएपछि स्थानीयले असहमति जनाएका छन् ।
भौतिक संरचनाको मात्रै क्षतिपूर्ति उपलव्ध गराउने सडक आयोजनाको भनाई प्रति आफुहरुको असहमति जनाउँदै न्यायका लागि कानूनी बाटो अवलम्बन गरेको सरोकार समितिका संयोजक गुरुप्रसाद सापकोटाले बताए । हेटौँडा–६ चौघडादेखि रंगशालासम्म करिब २ किलोमिटर क्षेत्रमा रहेको बस्ति सडक विस्तार हुँदा पूर्ण रुपमा क्षति हुने स्थानीयको भनाई छ ।
सडक आयोजनाले सूचनामा १५ मिटर र स्थानीयलाई भने १० मिटरको संरचना भत्काउने भन्दै झुक्याएको उनीहरुको भनाई छ । जग्गाको मुआव्जा र संरचनाको क्षतिपूर्ति उपलव्ध गराएर सडक विस्तार गर्न उनीहरुले आयोजनासंग माग गरेका छन् । चौघडादेखि रंगशालासम्म करिव ३ सय परिवार सडक विस्तारका क्रममा प्रभावित हुने जनाईएको छ ।


No comments