भ्रमपुर्ण समाचार लेख्ने अनलाइन सम्पादक पक्राउ
सिन्धुली मङ्सिर ११:
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि ‘खुकुरी आक्रमण’ भएको भन्दै भ्रमपूर्ण समाचार प्रकाशित गर्ने ‘सम्पादक’ गोपाल चन्द पक्राउ परेका छन् ।
पोष्टपाटी डटकम नामक अनलाइनका सम्पादक रहेका चन्दलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धीरज प्रताप सिंहले जानकारी दिए । मंसिर ६ गते प्रचण्ड चितवन गएको बेला कृष्णचोकमा स्थानीयले खुकुरी प्रहारको प्रयास गरेको भन्दै पोष्टपाटी डटकमले भ्रमपूर्ण समाचार प्रकाशन गरेको थियो ।
पूर्व प्रधानमन्त्रीको मर्यादामा आँच आउने गरी भ्रमपूर्ण समाचार प्रकाशन गर्ने चन्दलाई विद्युतिय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरिने एसएसपी सिंहले बताएका छन् ।


No comments