मुख्य समाचार

अवैध रूपमा विदेशि मुद्रा कराेबर गर्ने पक्राउ


सिन्धुली मङ्सिर ८:

अवैध रुपमा विदेशी मुद्राको कारोबार गर्ने भारतीय नागरिकसहित एक नेपाली महिलालाई कास्की प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बम्वई महाराष्ट्रका विनायक कुमार बाबुलाल शाह र काठमाडौं महानगरपालिका ३५ की चन्दा थापा रहेका छन् । 

प्रहरीले उनीहरुको साथबाट अमेरिकी डलर, भारतीय रुपैयाँ, इङ्ग्लयाण्डको पाउण्ड तथा युरो गरी ३१ लख २८ हजार ७ सय ९ रुपैयाँ बरामद गरेको छ । पोखरा लेकसाइडको एक होटलबाट वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका शाह र थापाको साथबाट प्रहरीले नेपाली रुपैयाँ २४ हजार ८ सय ५, भारतीय रुपैयाँ २ हजारको नोट ४३ थान, भारतीय रुपैयाँ ५ सयको ११ थान, भारतीय रुपैयाँ सयको ९० थान, अमेरिकन डलर सयको १ सय ९७ थान, अमेरिकी डलर ५० को ५ थान, अमेरिकी डलर २० को २ थान, अमेरिकी डलर १० को एक थान, युरो ५ सयको ४ थान, युरो ५० को ७ थान, इङ्ग्लयाण्डको पाउण्ड ५ को दुई थान नोट बरामद गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए । 

डलरसँगै उनीहरुको साथबाट डेल कम्पनीको ल्यापटप १ थान, एमआई कम्पनीको एन्ड्रोइड मोबाइल एक थान, विभिन्न बैंकको एटिएम ६ थान, विभिन्न बैंकको चेकबुक ४ थान, सोनी कम्पनीको पेन्ड्राइभ एक थान र शाह र थापाको राहदानी एक एक थान समेत बरामद गरेको छ । 

No comments