मुख्य समाचार

धरान मा पेस्ताेल सहित एक पक्राउ


सिन्धुली मङ्सिर १:

सुनसरीको धरानस्थित तिनकुने चेक पोइन्टबाट प्रहरीले अटोमेटिक पेस्तोलसहित मधुवनका श्यामदेव मण्डललाई नियन्त्रणमा लिएको छ । को २८ प ७१८४ नम्बरको स्कुटीमा सवार ३५ वर्षिय मण्डल मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल सहित पक्राउ परेका हुन् ।

चेकजाँचका क्रममा प्रहरीले मण्डलले कम्मरमा लुकाई राखेको पेस्तोलसहित २ थान म्यागजिन र एक थान गोली बरामद गरेको छ । पक्राउ परेका मण्डल उपर आवश्यक अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।

No comments