अाज गुरूङ समुदाय ले तमु ल्होसार मान्दै टुँडिखेल विषेश कार्यक्रम गण्डकी प्रदेश मा विदा
सिन्धुली पाैष १५:
गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै छ ।
तमु अर्थात गुरुङ समुदायको बाहुल्य रहेको गण्डकी प्रदेशमा आज सार्वजनिक विदासमेत दिइएको छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
त्यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।


No comments