लाेकगायक बुद्धिकृष्ण लामिछाने काे ६६बर्ष काे उमेर मा निधन
सिन्धुली पाैष १३:
लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । ६६ वर्षको उमेरमा उनको निधन भएको हो । भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका लामिछाने लामो समयदेखि अस्वस्थ थिए ।
पछिल्लो समय निमोनिया भएपछि उपचार चलिरहेको थियो तर, शुक्रबार दिउँसो उनको निधन भएको भतिजा नवराज लामिछानेले जानकारी दिए । लामिछानेको घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेरलगायतका गीत चर्चित छन् ।


No comments