मुख्य समाचार

जेल बाट छुटे र मेयर हेलिकप्टर बाट गाउँमा खुसियाली मा सार्बजनिक विदा

सिन्धुली पाैष १४:

हत्या अभियोगमा पक्राउ परेका मेयर जेलबाट छुटेपछि भोलि आइतबार सार्वजनिक विदा हुने भएको छ । मेयर शियाराम कुशवाहा जेलबाट छुटेर रौतहट पुगेपछि कटहरिया नगरपालिकाले भोलि नगरको सबै वडा कार्यालय र विद्यालयमा विदा दिएको हो ।

उनी हेलिकोप्टर चढेर रौतहट पुगेका छन् । कुशवाहले सबै वडा कार्यालय र नगरका विद्यालयमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

नगर प्रमुख श्री सियाराम प्रशासद कुशवाहा अदालतनको फैसलाबाट सफाई पाई निर्दोष सावित भएको खुसीयालीमा भोलि विदा रहने भन्ने सूचनाव्यनगरपालिकाद्धारा प्रकाशित गरिएको छ ।

No comments