प्रदेश मन्त्री ले आफ्नै कार्यालय मा बाेलाएर सचिव कुटे
सिन्धुली पाैष ३०गते
प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन् । आफूले भनेको एनजीओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाले बताए ।
आफूले भनेको एनजीओलाई योजना नपारिदिएको भन्दै सभामुख सरोजकुमार यादवकै अगाडि मन्त्रीले कुटेको सचिव झाको भनाइ छ । कुटपिटलगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ ।
उता, मन्त्री यादवले भने सचिवले आफूमाथि दुर्व्यवहार गरेको दाबी गरेका छन् । सञ्चारकर्मीको प्रश्नमा मन्त्री यादवले भने, ‘केही भएकै छैन, मेरो हातमा पनि चोट लागेको छ ।’


No comments