सालनाल सहित बेवारिसे अवस्था शुशि भेटियो
सिन्धुली पाैष २१:सालनालसमेत नकाटिएको अवस्थामा एक शिशु फेला परेको छ । लेवाटारमा शनिबार बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको हो । लेवाटार र गोरखा शहीद लखन गाउँपालिकास्थित ठेवाटार जोड्ने पुलमुनि बोरामा पोको पारी फालेको अवस्थामा शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले बताए । शिशुलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । शिशु कस्ले छोडेको हो भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको जनाइएको छ । रासस


No comments