मुख्य समाचार

अनसन रत डाक्टर केसी अकाे अबस्था नाजुक हुँदै

सिन्धुली माघ ६गते
चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था उच्च जोखिममा परेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आईसीयुमा भर्ना गरिएका केसीको स्वास्थ्य संक्रमण उच्च जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् ।

उनको शरीरमा सेतो रक्तकणिका संख्या ३ हजारमा झरेको चिकित्सकहरुको भनाइ छ । संक्रमणको जोखिम ध्यानमा राखेर केसीलाई स्वास्थ्य टोलीबाहेक कसैसँग भेट्न दिइएको छैन । अस्पतालले केसीलाई एन्टिबायोटिक दिई निमोनियाको उपचार गरिरहेको जनाएको छ ।

No comments