करणी गर्न खोज्ने एक भारती नागरिक पक्राउ
सिन्धुली पाैष २२:
किशोरीलाई जवर्जस्ती करणी गर्न खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पोखरा महानगरपालिका १७ स्थित निर्माणाधिन एक घरमा ज्यामी काम गर्ने भारत घर भई हाल पोखरा ८ सृजनाचोक बस्दै आएका २५ वर्षीय जाफुरलाल हुसेनलाई पक्राउ गरिएकाे प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । हुसेनले सोही घरमा ज्यामी काम गर्ने युवतीलाई जवरजस्ती करणीको प्रयास गरेको पुरीले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


No comments