मुख्य समाचार

सिन्धुली काे अाकास मा प्याराग्लाइडिङ सफल परिक्षण गरियाे फिक्कल महोत्सव मा सुनकोसी मा जलयात्रा पनि गर्न पाउने

सिन्धुली माघ ३:
सिन्धुली काे  फिक्कल    गाउँ  पालिका    मा   भई    रहेकाे
फिक्कल  महोत्सव    मा  थप  आकर्षक    काे    केन्द्र   बने
काे छ प्याराग्लाइडिङ  र    सुनकोसी मा    जल          यात्रा
  बुधबार प्याराग्लाइडिङ     व्यवसायी तथा  अनुभवी पाइलट चम्पादेवी गाउपालिका-२ ओखलढुङ्गाका दिलकुमार सुनुवारले सफल परिक्षण उडान गरेका हुन्।

  ओखलढुङ्गाको टोड्केडाँडाबाट सुनुवारले एक पर्यटकसहित ३० मिनेट लामो परीक्षण उडान गरेका हुन्। फ्लाई हिमालयन प्याराग्लाइडिङका पाइलट सुनवारले    सिन्धुली,     रामेछाप, ओखलढुङ्गा र   उदयपुर    जिल्लाका    महत्वपूर्ण    क्षेत्रको अवलोकन     गर्न      सकिने गरी    प्याराग्लाइडिङको उडान थालिएको बताए।


  सुनुवारका अनुसार पहिलोपटक महोत्सवलाई लक्षित गर्दै प्याराग्लाइडिङको उडान सुरु गरिएको भए पनि सिन्धुलीका विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्ने गरी दुईदेखि चार घण्टासम्म प्याराग्लाइडिङलाई व्यवसायिक रुपमा सञ्चालन गर्न सकिनेछ।      उनले भने, ‘सिन्धुलीको    फिक्कल क्षेत्र प्याराग्लाइडिङका लागि उपयुक्त भए पनि पर्यटकका लागि सञ्चार र यातायातको सुविधा नहुँदा भने केही समस्या भएको छ। तर, प्याराग्लाइडिङका लागि मौसम र भौगोलिक अवस्था भने राम्रो रहेको छ।  

उता महोत्सव काे अर्को आकर्षक भने सुनकोसी मा जलयात्रा
रहेको छ ।पानी मा यसरी यात्र गर्न पाउँदा खुसि लागेकाे दर्शन 
हरूकाे भनाइ रहेकाे छ।

No comments