मुख्य समाचार

गाेदाबारि मा रहेकाे रेडियो पर्यावर्ण चक्र २०बर्ष मा प्रवेश

सिन्धुली पाैष २५ गते

वातावरण सम्बन्धी आम नेपाली जनतालाई जनचेतना जगाउने, सामाजिक सेवा गर्ने उद्देश्य राखी छापाखाना तथा प्रकाशन सम्बन्धी नियमावली २०४९ सालमा दर्ता भएको युवा जागरण पर्यावरणीय मञ्चद्वारा स्थापित विश्वको पहिलो वातावरण रेडियो " पर्यावरण चक्र रेडियो एफ.एम. वि.सं. २०५५ साल साउन ५ गते नामाकरण गरी सोही दिनदेखि हरेक सोमबार बेलुकी ५ देखि ६ बजेसम्म १०० मेघाहर्जबाट वातावरण सम्बन्धी कार्यक्रम प्रसारण गरी उपत्यकाका जनताको मन जित्न सफल यश रेडियो पर्यावरण १०४.२ मेगाहर्ज २० औ बर्षमा प्रवेश गरेको छ ।

यो एफ.एम. छुट्टै फ्रिक्वेन्सी मार्फत वि.सं. २०६० साल माघ २१ गतेबाट १०४.२ मेगाहर्जबाट आफ्नो प्रसारण शुभारम्भ भएको थियो । स्थापनाको अवस्थाबाट भन्ने हो भने १९ औँ वर्ष पार गरी २० औँ वर्षमा प्रवेश भइरहेको जानकारी गराउन चाहन्छौ। हरेक दिन बिहान ५ बजेदेखि राति ११ बजेसम्म दैनिक १८ घण्टा कार्यक्रम प्रसारण हुने गर्दै आएकाे रेडियो प्रमुख कृष्ण
हरि महर्जन ले बताउनु भयाे ।

No comments